Back to articles

Nepali Patient Guide

Attention-Deficit/ Hyperactivity Disorder

Attention-Deficit/ Hyperactivity Disorder सम्बन्धी लक्षण, कारण, जोखिम, निदान र उपचारबारे बिरामी तथा परिवारका लागि सरल नेपाली जानकारी।

This guide supports general mental-health education and does not replace a personal diagnosis or treatment plan. व्यक्तिगत निदान वा औषधि निर्णयका लागि मनोचिकित्सकसँग प्रत्यक्ष परामर्श गर्नुहोस्।

Medically reviewed by Dr. Kushal Kharel, MD Psychiatry

Consultant Psychiatrist · Nepal Medical Council registered · Last reviewed July 6, 2026

Read the medical information disclaimer

What is attention-deficit/hyperactivity disorder (ADHD)?

ADHD भन्नाले कुनै कुरामा ध्यान दिन नसकने र कुनै काम मा अत्यधिक सक्रिय भैदिने नसा तथा स्नायु सम्बन्धि वास्था हो।यो अवास्था पनि बिकास हुने बेलामा दिमाग को बिकास मा देखिने आघात को रुपमा लिन सकिन्छ ।यो अवस्था मा ध्यान मा केन्द्रित हुन गाह्रो हुने , धेरै रिस र आवेग उठ्ने अनि कुनै कार्य मा धेरै सक्रिय देखाउने हुन्छ ।

What causes attention-deficit/hyperactivity disorder (ADHD), and what are the risk factors?

ADHD को मुख्य कारण भनेको डोपमिन नामक दिमाग को रसायन को छ । यो रसायन को मुख्य काम भनेको सरिर को चालचलन , भावाना को उतार चडाब , ध्यान केन्द्रित हुने , कार्येको सम्पादन ज्ञान हरु पर्दछ ।त्यसैले ADHD भएको व्यक्तिमा देखिने ध्यान अभाब , आबेगसिलाता र योजना नियेन्त्रण मा हुने कठिनाई डोपमिन संग जोडिएको छ।

आनुबंशिक अध्यन हरुले के देखाएको छ भने यो जिन को मार्फत बाट बंसानुगत तरिका ले पनि देखिन्छ ।

Is attention-deficit/hyperactivity disorder (ADHD) inherited or contagious?

ADHD सरुवा रोग हैन । यो रोग को सामाजिक , बाताबरण र बंसानुगत कारण हरु ले रोग देखिन मदत गर्छ ।

What are the signs and symptoms of attention-deficit/hyperactivity disorder (ADHD)?

पहिलो लक्ष्यण भनेको अतिसक्रियेता , यो भनेको जुनै उदेश्य बिना अत्याधिक गतिबिधि देखाउने र धेरै चल्ने हुन। एस प्रकार को अवस्था भएको बच्चा हरु प्राय धेरै दौडिने , धेरै बोल्ने , एकै ठाउँमा बस्न नसक्ने र निरन्तर रुपमा चलिराख्न पर्ने हुन्छन ।दोश्रो लक्ष्यण भनेको आबेगसिलता हो , एस्लाई सरल भाषामा भन्न पर्दा कुनै सोच बिचार बिना तुरुन्तै प्रतिक्रिया जनाउनु हो ।मान्छे ले कुरा गर्दा गर्दै कुरा काट्ने , पालो पर्खन नसकने , कुनै पनि काम सुरु गर्नु अघि प्रयाप्त योजना नगर्ने , अनि सामाजिक अवस्था हरु को नजर नगरी आफ्नो बिचार दिहाल्ने । अर्को लक्ष्यण भनेको ध्यान दिन नसक्ने हो , जस्तै काम पुरा नगरेर अधुरो छोड्ने , यौटा काम पुरा नगरी अर्को मा सर्ने , कुनै काम को मुख्य बस्तु मा ध्यान दिन नसक्ने , आफ्नो भएको गल्तीलाइ सुधार गर्न नसक्ने , र सजिलो संग ध्यान मा केन्द्रित हुन नसकी बिचलन हुनु पनि हो ।

What are the types of attention-deficit/hyperactivity disorder (ADHD)?

ADHD को प्रकार हरु यि किसिमका छन ।

१. धेरै ध्यान अभाभ भएको प्रकार

२. धेरै आबेगशील र अतिसक्रिय प्रकार

३. मिश्रित प्रकार

What are the risk factors for attention-deficit/hyperactivity disorder (ADHD)?

धेरै अध्ययन हरुले ADHD को बारे के भनेको छ भने , यो बंसानुगत पनि भएको कारण ले , बच्चा बिशेस बाताबरण संग सम्बन्धित पनि हुन्छ । जस्तै , बच्चा लाइ अभिभावक ले गर्ने व्यवहार , साथीभाई को प्रभाब , आफ्नो बिद्यालय को बाताबरण , दिमाग को सरचना , दिमाग को कार्येसैली हरुले पनि जोखिम मा पार्छ ।

How is attention-deficit/hyperactivity disorder (ADHD) diagnosed?

ADHD को मुल्यांकन गर्न को निम्ति , मुल्यान्कान गर्ने फारम हरु प्रयोग गर्न सकिन्छ । जस्तो ति फारम हरु अभिभाबक ले पनि भर्न सकिन्छ । एसले रोगको पहिचान गर्न सक्न र रोग को प्रगति के भैराखेको छ थाहा पाउन सकिन्छ ।कुरुवा/ अभिभाबक संग बच्चा को बारे बृस्तित रुपमा अन्तरबार्ता लिने , र लक्ष्यण हरु अबलोकन गरेर पनि रोग पहिचान गर्न मद्दत गर्दछ ।

How is attention-deficit/hyperactivity disorder (ADHD) treated?

ADHD को यौटा मात्र तरिका ले हुदैन , र यो बहुआमयिक तरिका ले गरिन्छ ।औसधि उपचारमा सबै भन्दा धेरै औसधि जस्तै मिथाइलफेनिडेट ,डेक्साम्फेटामिन , एम्फेटामिन समूहका औषधिहरू हुन् , अरु औसधि हरु जस्तै एटोमोक्सेटिन ,

ग्वानफासिन पनि प्रयोग हुन्छ । त्यस्तै ब्यबहारिकता बढाउने ग्यान हरु पनि थेरापी को सहयोग बाट दिन सकिन्छ ।

Need professional help?

If symptoms are affecting sleep, study, work, relationships, safety or daily functioning, a psychiatric assessment can help clarify the diagnosis and treatment plan.

Call NowWhatsApp