Medically reviewed by Dr. Kushal Kharel, MD Psychiatry
Consultant Psychiatrist · Nepal Medical Council registered · Last reviewed July 6, 2026
Read the medical information disclaimerWhat is autism spectrum disorder?
अटिसम स्पेक्ट्रम डिसअर्डर एक प्रकार को बालाखापन मा सुरु हुने मस्तिष्क समबन्धि बिकास मा आघात पुराउने अवस्था हो ।एस अवस्था भएमा बच्चाहरुले सामान्य बच्चा झैँ अरु संग मज्ज्लाए कुरा कानी गर्न सक्दैन जसले गर्दा सामाजिक नाता बनाउन अप्ठ्यारो हुने , र उनीहरुको ब्यबहारमा फरक पन देखिन सक्छ ।
यो अवस्था लाइ स्पेक्ट्रम भन्नु कारण चै यो सबै बच्चा मा एकै किसम ले प्रस्तुत नहुने ,अनि लक्ष्यण पनि कसै मा धेरै अनि कसै मा कम हुने भएको ले हो ।
What causes autism spectrum disorder, and what are the risk factors?
एक मात्र कारण अटिजम ले हुने भन्ने छैन ।धेरै अध्ययन हरले के देखाएको छ भने आमाको गर्भावस्था संग जोडिएको धेरै कुरा हरु छन् जस्तै आमामा संक्रमण हुनु , गर्भाकालिन अवस्था मा मधुमेह , कति गर्भावस्था मा प्रयोग भयेका औसधि , प्रदुषण , जन्मिएको बच्चा मा अक्सिजन को कमि र आमाको शरीर मा अत्याधिक प्रतिरक्ष्या स्थापना हुनु।
यो अवस्था सम्बन्धि जिन (वंशाणु) सम्बन्धी परिवर्तन।कैलेकाही यो अवस्था माइटोकन्ड्रियाको कार्यमा समस्या भएर पनि हुन्छ। अटिस्म को उमेर सम्बन्धि जोखिम पनि छ , बुवा को उमेर ५० भन्दा बढी भएर पनि जोखिम अलि बढ्न सक्छ।आमाको उमेर ४० भन्दा धेरै हुँदा पनि केहि जोखिम चै बद्छ। केहि अध्यन ले २० वर्ष भन्दा कम उमेरकि आमा मा पनि जोखिम बढ्ने सम्भावाना देखाएको छ ।
Is autism spectrum disorder inherited or contagious?
सरुवा रोग हैन ।
What are the signs and symptoms of autism spectrum disorder?
DSM 5 को अनुसार अटिस्म को मुख्य २ समूह को लक्ष्यण हरु छन् ।
प्रथम भनेको सामाजिक सम्पर्क र संचार मा समस्या आउने जस्तै बच्चा आखा हेरेर कम बोल्ने , नाम बोलाउदा कम पर्तिक्रिया दिने , भावना आदान प्रदान गर्न गाह्रो हुने , साथि बनाउन कठिन हुने र उमेर अनुसार को सामजिक व्यवहार नदेखाउने र सारीरिक हाउभाउ ले सम्पर्क गर्न नसकने र नबुझ्ने ।दोश्रो मा दोहोरिने र सिमित व्यवहार देखाउने अनि रुचाउने पर्छ , जस्तै यौटै काम बारम्बार गर्ने ,हात हल्लाउने ,घुम्ने अनि लाइन लगाउने ,यौटै दैनिकी पालना गर्ने ,कुनै कुनै परिवर्तन भए मन नपराउने , कुनै यौटा बिसाए लिएर अत्याधिक रुचि देखाउने पनि पर्छ ।0
What are the types of autism spectrum disorder?
अटिस्म को प्रकार हरु जस्तै childhood अटिस्म , अस्पेर्गेर सिन्ड्रोम , childhood disintegrative दिसर्डोर हरु हटाइएको छ ।
What are the risk factors for autism spectrum disorder?
एसका जोखिमको कारण हरु मध्ये बुवा को उमेर ५० वर्ष भन्दा माथि हुनु , गर्भ बस्ने बेलामा , आमाको उमेर ४० काटेको बेला मा गर्बवास्था मा , अझ २० वर्ष भन्दा अगाडी आमा को उमेर भए पनि जोखिम बढी हुन्छ ।गर्बव्स्था मा पाठेघर मा हुने संक्रमण ,रुबेला इन्फेक्सन हरुले पनि अटिस्म को रिस्क वढेको हुन्छ ।
How is autism spectrum disorder diagnosed?
अटिस्म को रगत बाट हुने जाँच र दिमाग को इमेगिंग को जाँच ले पत्ता लगाउन सकिन्न ।विभिन्न क्लिनिकल जाँच जस्तै बच्चाको व्यवहार लाइ हेरेर , बच्चाको हेर्ने मान्छे संग हाउभाउ को बारे बुझेर र भिभिन्न जाँच को मापन बिधि हालेर यो रोगको निस्कर्ष मा पुग्न सकिन्छ ।
How is autism spectrum disorder treated?
अटिस्म पूर्ण रुपले ठिक पार्ने उपाए हरु छैनन । यो अवस्था को चाडो पहिचान गरेर चाडो भएको उपचार बिधि सुरु गरेमा धेरै सुधार देखिन्छ ।केहि उपाए मध्ये अभिभाबक लाइ बच्चा संग कसरि घुलमिल हुन सिकाउने , सामाजिक ब्यबहार सिकाउने कार्येक्रम , अरु राम्रो व्यवहार र सिप बिकाश गराउने संरचित कार्यक्रम , बोल्ने भाषा र बार्तालाप गर्ने कार्येक्रम पनि सिकाउन सकिन्छ ।
Need professional help?
If symptoms are affecting sleep, study, work, relationships, safety or daily functioning, a psychiatric assessment can help clarify the diagnosis and treatment plan.