Medically reviewed by Dr. Kushal Kharel, MD Psychiatry
Consultant Psychiatrist · Nepal Medical Council registered · Last reviewed July 6, 2026
Read the medical information disclaimerWhat is dementia?
डिमेन्सिया दिमाग को काम गर्ने क्षमता घट्दै जाने अवस्था हो जसले सम्झने शक्ति ,सोच्ने शक्ति मा असर पार्छ ।डिमेन्सिया यौटा मात्र रोग हैन, यो धेरै रोगहरुको मिश्रण ले गर्दा हुन्छ जस्तै अल्जाईमर रोग , पार्किन्सन्स रोग , हन्तिन्ग्तन रोग , फ़्रनटोटेम्पोरल रोग ।
What causes dementia, and what are the risk factors?
डिमेन्सिया को मुख्य कारण भनेको दिमाग मा हुने कोष हरु बिस्तारै रुपमा बिग्रिदै जाने हो , मुख्येतया दिमाग मा दुइ मुख्य परिवर्तन हुन्छ , यौटा भनेको अमलोइड बेटा प्लेक जम्मा हुनु र दोस्रो भनेको तौ प्रोटिन को गाठो बन्ने हो जस कारण ले स्मरण शक्ति मा असर पर्ने , ब्यबहार हरु मा परिवर्तन हुने , सोच्ने क्षमता बिस्तारै क्रमिक रुपमा घट्दै जान्छ ।
त्यस्तै पार्किन्सन्स रोग मा अल्फा साइनुक्लिन भन्ने प्रोटिन भेटिन्छ र एसले सरिर को चाल हरु सुस्त बनाउने , दिमागी शक्ति घटाउने काम गर्दछ ।
Is dementia inherited or contagious?
डिमेन्सिया सरुवा रोग होइन ।
What are the signs and symptoms of dementia?
डिमेन्सिया मा मुख्य लक्ष्यण भनेको कुरा बिर्सने, मानिस तथा बस्तु हरुको नाम सम्झना गाह्रो हुने , नया कुरा हरु सिक्न अप्ठ्यारो हुने , ठाउ हरु बिर्सिने ,अलमल हुने र कतिपय अवस्था मा मानिस हरु संग घुलमिल हुन पनि गाह्रो हुन्छ ।र रोग को गम्भीरता बढ्दै जादा अत्याधिक कुरा बिर्सिने , बोलीचाली कम हुदै जाने , बोलि मा धेरै सरलता भेटिने , निर्णय गर्ने शक्ति घट्दै जाने र दैनिकी काम गर्न गाह्रो हुने हुन्छ ।केहि मानिस मा मुड परिवर्तन हुदै जाने , चिड्चिडापन हुने , मानिस चिन्न नसक्ने , भ्रम वा नदेखिएको कुरा देख्ने सम्म हुन्छ ।
What are the types of dementia?
Nepali Text (Devanag
डिमेन्सिया को प्रस्तुति अनुसार विभिन्न तरिका ले देखिन्छ जस्तै
१.सामान्य स्मरंशक्ति बढी बिग्रिने प्रकार
२. बस्तु देखेर चिन्न गाह्रो हुने
३. भाषा सम्बन्धि - सब्द भेट्न कठिन र बोल्न गाह्रो हुने प्रकार
४. एक्जिचुटीभ प्रकार- जस्तै योजना बनाउने , निर्णय गर्ने ,र ब्यबस्थापन गर्न गाह्रो हुने
What are the risk factors for dementia?
डिमेन्सिया परिबर्तन गर्न नसकिने रोग हो, एसको धेरै जोखिमका कारण हरु हुन्छन , जस्तै उमेर बढ्नु , केहि जिन सम्बन्धि कारण , महिला लिङ्ग ,र एपो इ फोर जिन , यो जिन भएमा जोखिम लगभग ३ गुणा ले बढ्छ ।दुइवटा उक्त जिन भए जोखिम अझ नौ गुणा ले बढ्छ ।त्यसै गरि, शारीरिक अवस्था जस्तै उच्च रक्तचाप ,मधुमेह , मोटोपन र धुम्रपान , अत्याधिक रक्सि जन्य पदार्थ सेवन ले पनि हुने गर्दछ ।
How is dementia diagnosed?
डिमेन्सिया रोग को पहिचान गर्न को निम्ति पैले रोग सम्बन्धि सम्पूर्ण इतिहास एकठा गर्न पर्छ ,जस्तै लक्ष्यण एक्कासी अथवा बिस्तारै सुरु भएको हो भनेर , दोस्रो भनेको पहिले भन्दा दिमाग को शक्ति घटेको हो हैन भनेर अनि अरु रोग को कारण ले हो कि हैन भनेर पनि थाहा पाउन पर्छ ।ऐले को अवस्था मा रगत मा भेटिने मार्कर जस्तै एपो इ ४ जिन को मात्रा ले पनि छुट्टाउन सकिन्छ ।तर यो प्रबिद्धि सर्वसुलभ भने छैन ।
How is dementia treated?
डिमेन्सिया रोग को उपचार पुरा रुप ले निको गर्ने प्रबिद्धि छैन, तर लक्ष्यण कम गर्न सकिन्छ । एसको निम्ति सबै भन्दा बढी रोग को लक्ष्यण हल्का मात्र भएमा प्रयोग हुने औसधि भनेको डोनेजेपील , रिभास्तिग्मिन , गालनटामिन हरु हुन् । त्यस्तै रोग को लक्ष्यण मध्येम किसिम को हुदा प्रयोग हुने औसधि हुन् ।औसधि बाहेक ब्यबहारिक थेरापी पनि प्रयोग हुन्छन जस्तै दैनिक दिनचर्या बनाउने , पारिवारिक सहयोग जुटाउने , स्मरण अभ्यास हरु गराउने , र जटिल ब्यबहार हरुलाई ब्यबस्थापन गराउने ।
Need professional help?
If symptoms are affecting sleep, study, work, relationships, safety or daily functioning, a psychiatric assessment can help clarify the diagnosis and treatment plan.