Back to articles

Nepali Patient Guide

Intellectual Development Disorder

Intellectual Development Disorder सम्बन्धी लक्षण, कारण, जोखिम, निदान र उपचारबारे बिरामी तथा परिवारका लागि सरल नेपाली जानकारी।

This guide supports general mental-health education and does not replace a personal diagnosis or treatment plan. व्यक्तिगत निदान वा औषधि निर्णयका लागि मनोचिकित्सकसँग प्रत्यक्ष परामर्श गर्नुहोस्।

Medically reviewed by Dr. Kushal Kharel, MD Psychiatry

Consultant Psychiatrist · Nepal Medical Council registered · Last reviewed July 6, 2026

Read the medical information disclaimer

What is intellectual development disorder?

बौद्धिक असक्तता भन्नाले बिकास हुने हुने देखिने सिक्ने क्ष्यमता , कार्येशैलिमा जटिलता तथा ब्यबहारिक ज्ञान हरुमा मा सिप हरुमा सिमितता समबन्धित हुन्छ ।एस्को मुख्य लक्ष्यण भनेको औसत भन्दा कम बौद्धिक क्षमता मानक जाचमा ७० भन्दा कम भएमा पनि एस्लाई परिभाषित गर्न सकिन्छ ।

What causes intellectual development disorder, and what are the risk factors?

बौद्धिक असक्तताको मुख्य कारण हरु क्रोमोसोम सम्बंदी बिगार हरु छन् जस्तै डाउन सिन्ड्रोम ,पाटाउ सिन्ड्रोम ,एडवार्ड्स सिन्ड्रोम ,क्राइ-डु-च्याट सिन्ड्रोम ,विलियम्स सिन्ड्रोम ,प्राडर–विली सिन्ड्रोम ,एन्जलम्यान सिन्ड्रोम,फ्राजाइल एक्स सिन्ड्रोम हरु हुन् । त्यस्तै अटोसोमल र सेक्स लिंकड अवस्था हरु जस्तै फेनाइलकेटोनुरिया ,होमोसिस्टिनुरिया, ग्यालाक्टोसेमिया ,टे–स्याक्स रोग ,म्युकोपोलिस्याकाराइडोसिस जस्ता हुन् ।केहि गर्भापुर्न कारण हरु पनि हुन्छन जस्तै औसधि हरु , बिषाक्त पदार्थ ,संक्रमण , भ्रुण को वृद्धि अबरोध हरु हुन् । त्यस्तै प्रसुतिकालिन कारण हरु जस्तै जन्मको समएमा हुने चोट , बालकालन मा देखिने जनडिस हरु पनि हुन्छन ।

Is intellectual development disorder inherited or contagious?

बोद्धिक असक्त्वाता सरुवा रोग होइन । तर बंसानुगत र गैर बंसानुगत को कारण हरु ले एउटा बंश देखि अर्को बंस मा सर्ने देखिन्छ ।

What are the signs and symptoms of intellectual development disorder?

बौद्धिक अशक्त्व्तता को लक्ष्यण जस्तै आत्म हानि र आक्रामक ब्यबहार हरु देखिन्छन र मूल कारण अनुसार अरु लक्ष्यण हरु पनि देखिन्छ जस्तै प्राडर–विली सिन्ड्रोममा अत्यधिक खाने व्यवहार तथा मनोवैज्ञानिक समस्या हुने जोखिम,

डाउन सिन्ड्रोम भएका व्यक्तिमा अल्जाइमर रोगको उच्च दर, विलियम्स सिन्ड्रोममा चिन्ता विकारहरू ,लेश–निहान तथा स्मिथ–म्याजेनिस सिन्ड्रोममा गम्भीर आत्म–हानिकारक व्यवहार हरु देखिन्छन ।

What are the types of intellectual development disorder?

दुई प्रकार को हुन्छन

१.जैविक समूह जस्तै स्पष्ट बाताबरण को कारण ले बिकास मा असर गर्छ ।एसले गर्दा मध्यम देखि गम्भीर प्रकार को बौद्धिक अस्वक्ताता गर्छ ।

२.अर्को भनेको उप्संस्कृति समूह जसमा बिकास को ढिलाई को कुनै कारण भेटिन्न र जिन को कारण कम हुने तर सामाजिक कारण हरु चै धेरै र महत्वपूर्ण हुन्छ ।

What are the risk factors for intellectual development disorder?

जोखिम को कारण हरु मध्ये जैविक कारण धेरै छन् जस्तै क्रोमोसोम को असामानता , अटोसोमल अवस्था हरु , बिसाक्त पदार्थ हरु पनि छन् ।कैले कहिँ समय पूर्व हुने जन्म , गर्बवास्था मा रक्सिजन्य पदार्थ को सेवन हरु पनि हुन्छन ।

How is intellectual development disorder diagnosed?

यो रोग पहिचान को लागि बिरामी र उसको हेर्ने मान्छे संग लक्ष्यण हरुको इतिहास लिन सकिन्छ ।बिरामी को मानसिक अवस्था को जाचबुझ गर्न सकिनछ ।लक्ष्यण हरुको समय अनुसार अबलोकन दोहोराउन पनि सकिन्छ।

How is intellectual development disorder treated?

यो अवस्था मा औसधि सके सम्म कम प्रयोग गरिन्छ ।लक्ष्यण सुधार भए पछि सके सम्म औसधि को प्रयोग कम गर्ने र औसधि को नकारात्मक असर हरुलाई पुर्नविचार गर्न सकिन्छ । यो रोग संग मिसिएर आएको रिस राग लै डोपामिन प्रतिरोधी औषधि (dopamine antagonists) औसधि प्रयोग गरिन्छ भने , मिसिएको डिप्रेसन र चिन्ता लाइ एसएसआरआइ औसधि प्रयोग गर्न सकिन्छ ।भाव्व्नात्मक अस्थिरताको लागि लिथियम जस्तो औषधि प्रयोग गर्न सकिन्छ ।

Need professional help?

If symptoms are affecting sleep, study, work, relationships, safety or daily functioning, a psychiatric assessment can help clarify the diagnosis and treatment plan.

Call NowWhatsApp