Medically reviewed by Dr. Kushal Kharel, MD Psychiatry
Consultant Psychiatrist · Nepal Medical Council registered · Last reviewed July 6, 2026
Read the medical information disclaimerWhat is mania?
म्यानिया एक किसिम को मानसिक रोग हो जसमा निश्चित समय को लागि सामान्य अवस्था मा भन्दा अलि धेरै समय को लागि मानिस को मुड धेरै खुसि , अथवाया धेरै रिसाहा अवस्था मा भएको हुन्छ । एसको अरु लक्ष्यण भनेको धेरै हिडडुल अथवा कार्य हरु गर्ने , दोश्रो भनेको, रिस मा समान फाल्ने ,झगडा गर्ने , सुत्न नपर्ने , अत्याधिक आत्मबिस्वास बढ्ने अनि आफुमा ठुलो शक्ति अथवा ठुलो बिचार को मान्छे भएको भ्रम हुने हुन्छन । यो अवस्था हुदा आफ्नो गतिबिधि हरु चै ,संगै भनेको मान्छे हरुलाई प्रभाब पार्न खोजेको जस्तो पनि देखिन्छ ।यी मिश्रित लक्ष्यण ले गर्दा आफ्नो काम र गतिबिधि मा असर पर्ने , तथा अरु र आफै मा कुनै हानि नोक्सानी नगरोस भनेर अस्पताल मा भर्ना गर्न पर्ने पनि हुन सक्छ ।कति लक्ष्यण कुनै लागु खाएको अवस्था र , लागु छुटेको अवस्था संग मिल्दो जुल्दो हुने भएको ले र कुनै शारीरिक रोग को कारण ले पनि हुने भएको ले , ति अवस्था छैन भनेर पनि छुट्टाउन आवश्यक छ ।
What causes mania, and what are the risk factors?
म्यानिया यौटै कारण ले हुदैन र एसको लागि बंशानुगत , सामाजिक र मानसिक कारण हरु छन् ।पारिवारिक र जुम्ल्याहा अध्ययन हरु ले के देखाउछ भने , यो अवस्था ८०% सम्म बंशानुगत तरिका ले सर्ने गरेको छ । अझ बंशानुगत अध्यान मा धेरै धातु जस्तै क्याल्सियम च्यानल ले दिने दिशा हरु , जस्तै क्याक्न्याक जिन हरु पर्दछन। अझ दिमाग को विभिन्न भाग र त्यसमा हुने नसा को जडान को समस्या ले गर्दा पनि यो अवस्था सिर्जना हुन्छ । त्यस्तै दिमाग मा हुने रसायन जस्तै डोपामिन , सेरोटोनिन , हरु को मात्रा असन्तुलित भएर पनि यो अवस्था को सृजना हुन्छ ।
लागु को प्रयोग , निद्रा को अवस्था तल माथि , जिबनकाल मा अप्रिय घटना र तनाब को अवस्था ले पनि यो अवस्था सिर्जना गरेको हुन्छ ।
What are the signs and symptoms of mania?
यो निश्चित समय को लागि निरन्तर रुपमा असामान्य रुपमा धेरै रिसाउनु , धेरै हिडडुल गर्नु ,र शरीरमा धेरै उर्जा भएको अवस्था लाइ मानिन्छ ।जस्तै धेरै आत्माबिस्वास बढ्नु , थोरै निद्रा ले पनि पुग्नु , धेरै रिस उठ्नु , दिमाग मा अनावश्यक कुरा धेरै चल्नु र अरु लाइ हानि अथवा हानि पुराउने हाउ भाउ गर्नु मध्ये ३ -४ लक्ष्यण हुन पर्छ । अर्को कुरा यो लक्ष्यण भएको समय १ हप्ता अथवा , अस्पतालमा भर्ना भएको हुन पर्छ ।त्यसै यो अवस्था कुनै लागु को प्रयोग , त्यो छोड्दा को अवस्था र कुनै शारीरिक अवस्था को कारण ले पनि हुनु हुदैन ।
What are the types of mania?
बाइपोलार रोग विभिन्न प्रकारको गम्भीरता को अनुसार, एसको आधारमा डिप्रेसन र हाइपोम्यानिया भन्ने छ । अहिले को सन्दर्भ मा बाइपोलार १ हुनको लागि, यौटा म्यानिया मात्र भएर पनि पुग्छ । बाइपोलार २ भन्नाले हाइपोम्यानिया र डिप्रेसन को तल र माथि गर्न पर्यो।त्यस्तै साइक्लोथाइमिक भन्ने छ, निरन्तर रुपमा तल माथि हुने गर्छ र एक पछि अर्को हुन्छ ।
What are the risk factors for mania?
म्यानिया को जोखिम कारण हरु बंशानुगत , पारिवारिक लक्ष्यण , जस्तै बाताबरण को जोखिम हरु पनि छन् । त्यस्तै बाताबरण को लक्ष्यण , बच्चापन देखिएको तनाब , पारिवारिक नतान , निरन्तर रुपमा निद्रा बिग्रेको छ , लागु जस्तै गाजा र स्टिमुलेन्ट ले म्यानिया गराउने गर्छ ।महिला हरु मा धेरै देखिने , दोहोरिने र लक्ष्यण हरु आक्रामक रुपमा देखिन्छ ।
How is mania diagnosed?
म्यानिया रोग लाइ पहिचान गर्न को निम्ति भएको लक्ष्यण ,त्यसको गम्भीरता लाइ राम्रो संग नियालेर , ३ देखि ४ लक्ष्यण मिलेमा , अनि त्यसले सामाजिक , पारिवारक अवस्था मा के कस्तो प्रभाब पारेको छ भनेर पनि एसको गम्भीरता हेर्न सकिन्छ ।दोस्रो भनेर , परिवार संग पनि बिस्तृत रुपमा रोग को अवस्था बारे बुझ्न सकिन्छ ।
How is mania treated?
म्यानिया रोग को उपचार मा प्रथम प्रयोग हुने भनेको मुड स्त्याबिलाइजर जस्तै लिथियेम, भ्याल्प्रोयेट हरु हुन । आकस्मिक अवस्था मा साइकोसिस बिरुद्ध ओलानजापिन , रिसपेरिडोन हरु पनि प्रयोग गर्न सकिन्छ ।रोग औसधि ले नाछोयेमा ,अथवा रोग गम्भीर बभएमा बिधुतिय तरङ्ग बाट पनि उपचार गर्न सकिन्छ ,जुन प्रबिधि लै इसईटि भनिन्छ ।अरु उपचार पद्धति जस्तै पारिवारिक थेरापी , सोसिएल रिदम थेरापी , इन्टर पर्सनल थेरापी हरु ले उपचार लाइ सहज बनाउने र रोग फर्कने अवस्था घटाउन पनि मदत गर्छ ।
Need professional help?
If symptoms are affecting sleep, study, work, relationships, safety or daily functioning, a psychiatric assessment can help clarify the diagnosis and treatment plan.