Medically reviewed by Dr. Kushal Kharel, MD Psychiatry
Consultant Psychiatrist · Nepal Medical Council registered · Last reviewed July 6, 2026
Read the medical information disclaimerWhat is schizophrenia?
स्चिजोफ्रेनिया यौटा कडा खालको मानसिक रोग हो ।यो भावाना ,व्यवहार र अनुभूति मा देखिने र महसुस गरिने भिन्नता हो जसले सामाजिक , आर्थिक र ब्यबसाहिक जिबन मा पनि समस्या ल्याउछ । येस्ता लक्ष्यण देखिएको ६ महिना भएमा येस्लोइ स्चिजोफ्रेनिया रोग भन्न सकिन्छ ।यो रोगको लक्ष्यण हरु अरु सारीरिक अवस्था संग मिल्दो पनि हुनु हुदैन।
What causes schizophrenia, and what are the risk factors?
स्चिओफ्रेनिया को यौटै कारण हुदैन । यो बंशानुगत , सामाजिक र मानसिक कारण ले हुन्छ। बंसानुगत कारण मा यो रोग बुवा आमा अथवा परिवार को नजिकको रगत को नाता मा भएमा , सन्तान हरुमा पनि देखिने सम्भावान्ना हरु हुन्छ ।संग संगै सामाजिक कारण हरु जस्तै सामाजिक जटिलता , सामाजिक एक्लोपन , आर्थिक तथा ब्यबहारिक तनाब को कारण ले पनि रोग निम्त्याउन सक्छ। कति बाताबरण को कारण ले पनि हुन्छ , जस्तै बसाईं सराई , सहर मा धेरै बस्ने मान्छे हरुलाई पनि हुने गर्छ ।गरिबी ले पनि यो रोग निम्त्याउने गर्छ ।
Is schizophrenia inherited or contagious?
स्चिजोफ्रेनिया सरुवा रोग हैन ।
What are the signs and symptoms of schizophrenia?
स्चिजोफ्रेनिया मा तीनवटा लक्ष्यणका शीर्षक हरु हुन्छ ।पहिलो लाइ पोसिटिभ लक्ष्यण भन्छ जसमा भ्रमका लक्ष्यण जस्तै कसैले हानि पुपुराउन लागेको महसुस हुनु , कान मा आवाज हरु बझ्नु , अरुले नदेखेको कुरा हरु देख्नु , अजिब गन्ध हरु महसुस गर्नु , आफ्नो सोच ब्यबहार र निर्णय हरु अरुले चलाएको महसुस हुनु जस्ता लक्ष्यण स्चिजोफ्रेनिया का हुन्छन।
अझ केहि बिरामी मा नकारात्मक सोचाइ आउनु , निरास हुनु , येकोहोरियेरा बस्नु , कम बोल्नु अथवा नबोल्नु , केहि कुरा मा जागर हरु नचल्नु जस्त्ता लक्ष्यण जसलाई नेगेटीव लक्ष्यण भनिन्छ ।एस्तो लक्ष्यण आउदा आत्महत्या को सोच हरु पनि आउदछ ।केहि बिरामी मा आफु मा ठुलो सक्ति अथवा ठुलो र प्रभावशाली व्यक्ति भएको अनुभब पनि हुने देखिन्छ ।केहि बिरामी आफ्नो दैनिकी मा ध्यान नदिने र सफा सुघहर लाइ वास्ता नगर्ने पनि हुन्छ।केहि बिरामी बोल्दै नबोल्ने , अजिब को सारीरिक बनावट बनाउने गरेको पनि देखिन्छ ।
What are the types of schizophrenia?
हालै बनाएको नया बर्गिकरणमा सबै भएको हटाएर ऐले लक्ष्यण को गम्भीरता अनुसार माइल्ड , मोडेरेट र सिभियेर मा बर्गिकरण गरीएको छ ।ऐले पोसिटीभ , नेगटीभ र अचम्म को ब्यबहार लाइ प्राथमिकता मा राखिएको छ ।
What are the risk factors for schizophrenia?
स्चिजोफ्रेनिया को जोखिम बढाउने धेरै कुरा हरु मध्ये , बंशानुगत भार सबै भन्दा ठुलो हो। जन्मिने बेला मा हुने कठिनता जस्तै कम समय मा बच्चा जनिमने , बच्चा जन्मिदा धेरै समय अड्किने , सानो मा संक्रमण हुने हरुले पनि यो अवस्था को जोखिम बढाउछ। त्यस्तै लागु पदार्थ को सेवन , मुख्यातया गाजा ले पनि यो रोग को जोखिम बढाउछ ।त्यस्तै गरिबी , बसाई सराई , सामजिक र आर्थिक तनाब ले पनि यो अवस्था को जोखिम लै बढावा दिन्छ ।
How is schizophrenia diagnosed?
स्चिजोफ्रेनिया रोग लाइ थाहा पाउनको लागि मुख्यतया बिरामी संग राम्रो संग रोग को बारे बिस्लेसन गर्नु हो।यो अवस्था रगत को जाच र अरु पद्दति बाट थाहा पाउन सकिन्न ।
How is schizophrenia treated?
स्चिजोफ्रेनिया को मूल उपचार भनेको डोपामिन भन्ने दिमाग को रसायन लाइ रोक्नु हो ।केहि औसधि जस्तै ओलानजापिन , अमिसल्प्राईद जस्ता औसधि ले राम्रो सुधार गरेको छ ।अध्येन हरुले बयाबहारिक र पारीस्परिक थेरापी , फेमिली थेरापी ले पनि राम्रो काम गरेको देखाएको छ ।
Need professional help?
If symptoms are affecting sleep, study, work, relationships, safety or daily functioning, a psychiatric assessment can help clarify the diagnosis and treatment plan.